Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भन्सार विभागका महानिर्देशक सापकोटा ६ महिनामै सरुवा, भट्टराईलाई महानिर्देशक बनाउने तयारी 


    बुधबार, माघ २६ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा ६ महिना पनि नपुग्दै सरुवा भएका छन् । उनलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ । अर्थमन्त्री शर्माको सेटिङमा चल्न अस्वीकार गर्दा ६ महिना पनि नपुग्दै उनको सरुवा भएको छ । 

    अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशक सहसचिव कमलप्रसाद भट्टराईलाई बनाउने भएका छन् । भट्टराई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको सचिवबाट २०७८ पुस ७ मा अर्थमन्त्रालयमा सरुवा भएका थिए । माओवादी केन्द्रका तर्फबाट २०७३ मा सामान्य प्रशासन मन्त्री भएकी रेखा शर्माको कार्यकालमा उनी हङकङको महाबाणिज्यदूत भएका थिए । पूर्वतिरै घर भएकाले योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनी उनका निकट भएर काम  गरेका थिए । पर्यटन मन्त्रालयमै भएको बेला उनको सरुवा एक नम्बर प्रदेशमा भएको थियो । तर उनी एक नम्बर प्रदेशको सरुवा बदर गराउन लागे । तर बदर नभएपछि निकै समय गुजारेर मात्र गएका थिए ।  

    अर्थमन्त्रालयमा आएको डेढ महिनाभित्रै उनलाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्यको सुुदूर पश्चिम प्रदेशमा सरुवा भएको छ ।  

    अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख भूपाल बराललाई राजस्व ब्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी भर्खरै अर्थमन्त्रालयमा सरुवा भएका चक्र बुढालाई दिइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार