Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गैंडा मारेको २३ वर्षपछि समातिए ‘न्यौपाने माइला’


    बुधबार, माघ २६ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद पौडेलका अनुसार २०५५ सालको कात्तिक २८ गते खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको  हाे ।

    गैंडा मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको कालिका नगरपालिका-२ का ‘न्यौपाने माइला’ भनिने कृष्णप्रसाद न्यौपानेलाई २३ वर्षपछि नियन्त्रणमा लिइएको पौडेलले बताए ।

    निकुञ्जले न्यौपानेलाई गैंडा मारेको अभियोगमा २०५७ सालको माघ २५ गते १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको आदेश गरेको थियो। पौडेलले वर्षौंदेखि विभिन्न ठाउँमा लुकीछिपी बसेका न्यौपानेलाई माघ ७ गते साँझ पक्राउ गरिएको बताए । न्यौपानेलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट नियन्त्रणमा लिइएको पौडेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार