Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • स्थानीय निर्वाचनमा विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे आईटी विज्ञसँग परामर्श गर्दै निर्वाचन आयोग


    बुधबार, माघ २६ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्ने भएकाे छ ।

    आयोगले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आज दिउँसो १ बजे बाेलाइएकाे स्राेतले जानकारी दिएकाे छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘विद्युतीय मतदान देशैभरी गर्न नसके पनि केही स्थानमा गर्न सकिन्छ, एउटा-दुईटा जिल्लामा सम्भावना छ कि, सहरमा छ कि, नगरपालिकामा छ कि भनेर राय सल्लाह गर्न नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई बोलाइएको हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार