Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्ष भामले बाँडे दलित विद्यार्थीलाई शैक्षिक सामग्री


    मंगलबार, माघ २५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भामले मंगलबार एक कार्यक्रमका बीच १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।  

    आर्थिक अवस्था न्यून भएका दलित, गरिब, विपन्न परिवारको पहिचान गरी भामले छायानाथ रारा नगरपालिकाका-१३ का रुगा, लापु, थार्पका १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । 

    वडा अध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट दलित परिवारका बालबालिकालाई सहयोग गरेको बताएका छन् । वडा अध्यक्ष भामले कापी, कलमलगायत सामग्री सहयोग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार