Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनसँगको सीमा समस्याबारे कार्कीले भने– राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छौं


    मंगलबार, माघ २५ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चीनसँगको सीमा समस्या बारे सरकारले अध्ययन गरेर मात्र आधिकारीक धारणा सार्वजनिक गर्ने बताएका छन् । 

    बिभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्वृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेका समाचार प्रकाशित गरेकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

    ‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने । 

    उनले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्ने समेत बताए ।  भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नसील रहेको उनले जनाए । 

    ‘हाम्रो सीमा चाहे भारतसीत होस् या चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्या हामी कूटनीतिक ढंगले समाधान गर्छौं । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ती सरकार सधै प्रयत्नसील रहन्छ,’ उनले भने । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार