Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै


    मंगलबार, माघ २५ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । 

    आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दै छ । 

    आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । ‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ,’ उनले न्युज कारखानासँग भने ।

    विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए । यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार