Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौसममा अझै सुधार भएन, तराईमा हुस्सु हटेन


    मंगलबार, माघ २५ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । तीन दिन अघिकाे वर्षापछि माैसममा सुधार हुने अपेक्षा गरिए पनि तराईका जिल्लामा अझै हुस्सु हटेकाे छैन । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाे बदलीसँगै हुस्सु/कुहिराे कायमै रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

    मौसम पूर्वानुमान महाशाखाको बिहान साढे ९ बजेको तथ्यांक अनुसार हुस्सुका कारण तराईका सबै विमानस्थलको भिजिबिलिटी न्यून छ ।

    उडानका लागि सामान्यता ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ । तर, धनगढी विमानस्थलमा भिजिबिलिटी २ सय मिटरमा झरेको छ । नेपालगन्ज विमानस्थलमा ५ सय, भैरहवामा ५०, सिमरामा २ सय, जनकपुरमा १०० र विराटनगरमा २ सय मिटर मात्र भिजिबिलिटी कायम छ ।

    महाशाखाका अनुसार पश्चिमी वायुका कारण बदली हुँदा समस्या भएको हो ।

    दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार