Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली लाेकसेवाले माग्याे ३७३ कर्मचारी


    मंगलबार, माघ २५ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कर्णाली प्रदेश लाेकसेवा आयाेगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चाैथाे तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

    सहायक प्रशासन,  प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएकाे हाे ।

    सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाती र मधेसी काेटामा सिट छुट्याइएकाे छ ।

    याेग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

    अप्राविधिककाे प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासकाे ५ जेठमा परीक्षा हुनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार