काठमाडौं । आज २५ माघ २०७८, तदनुसार ८ फेब्रुवरी २०२२ मंगलवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
आज जोश, जाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । स्वादिष्ट भोजन पनि पाइनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पार्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।