Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ब्राउन सुगरसहित दुईजना पक्राउ


    सोमबार, माघ २४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन् ।

    महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार