Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय राईप्रति राखेपद्वारा श्रद्धाञ्जली


    सोमबार, माघ २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । टेबल टेनिसका सहायक प्रशिक्षक स्वर्गीय घनश्याम राईको निधनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

    राखेपका बोर्ड सदस्य सुभाष श्रेष्ठ, प्रशासन विभाग प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बिक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, प्रमुख प्रशिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले राईको तस्बिरमा फूलमाला तथा अबिरले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । यसअघि स्व. राईको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।

    राखेप तालिम तथा प्रशिक्षण विभागअन्तरगत कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत राईको २०७८ माघ १२ गते निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार