Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज काठमाडौं आइपुग्यो


    सोमबार, माघ २४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ । 

    नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन् ।

    ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ ।  आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

    बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ । 

    ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार