Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनलाई नवौं पटक एसियन महिला कपको उपाधि


    आइतबार, माघ २३ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण कोरियाबिरुद्ध पुनरागमन जित सहित चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

    मुम्बईमा आइतबार भएको फाइनलमा पहिलो हाफ २-० ले पछि परेको चीनले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले हराउँदै नवौं पटक उपाधिमाथि कब्जा जमाएको हो ।

    पछिल्लो पटक सन् २००६ मा उपाधि जितेको चीनको लागि  जियाली ताङ, लिनयान झाङ, युजीले गोल गरे । 

    कोरियाको लागि चोई युरी र  जी सो युनले गोल गरेपनि उपाधी जिताउन सम्भव भएन । 

    नेपाल भने प्रतियोगितामा छनोट हुन सफल भएन । नेपाल छनोट चरणबाटै बाहिरिएको थियो ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार