काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा भारत भ्रमणमा भएको समयमा उनले प्रयोग गर्दैआएको गाडीले एक स्कुटर सवार महिलालाई ठक्कर दिएको छ । एन्फा अध्यक्ष शेर्पा बिदेश भ्रमणमा भएको समयमा उनले प्रयोग गर्दैआएको गाडी कार्यालयमै ह्ुनपर्नेमा कुमार केसीले दुरुपयोग गर्दा दुर्घटना हुन पुगेको छ ।
दीर्घबहादुर केसी(कुमार) ले अध्यक्ष शेर्पाले चढ्दैआएको गाडी लिएर हिंडेका थिए । केसी सवार बा ८ च ६१७ नम्बरको टोयटा गाडीले बा ४३ प ५३३६ नम्बरको गाडीलाई गोंगबुमा आइतबार बिहान ठक्कर दिंएको थियो । गाडीको ठक्करबाट स्कुटरमा सवार २८ बर्षीया अस्मिता कार्की घाइते भएकी छन् ।