Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र लिङ्देन–कमल थापा भेट: निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता


    आइतबार, माघ २३ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन आफैं विशानगरस्थित थापाको निवास पुगेका थिए । दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।

    महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले २७ मंसिर र १६ माघमा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए । जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    ‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षज्यूले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले न्युज कारखानासँग भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनु हुन्छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार