Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच घम्साघम्सी, ‘एमसीसीको पत्र किन सार्वजनिक गरेको ?’


    आइतबार, माघ २३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सम्झौताको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच घम्साघम्सी भएकाे छ। 

    एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा घम्साघम्सी भएको हो।

    नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो ?’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।

    आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार