Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी गाडी दुरुपयोग गरी हिउँमा मस्ती


    आइतबार, माघ २३ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  बिगत केहिदिन देखि  परेको पानी तथा हिमपातले जनजीवन अस्तब्यस्त भएको बेला सरकारी कर्मचारी भने सरकारी गाडीको दुरुपयोग गरि हिउँ खेल्न मस्त देखिएका छन् ।

    स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरे सरकारी गाडी लिएर हिउँमा टिकटक बनाईरहेका छन् । सरकारी गाडी बा २ झ १५३८ मा  हिउँ पर्यो, ठकठकी जाँडो भो भन्ने गीतमा टिक बनाएको देबप्रकाश घिमिरेको टिकटक अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
     सरकारी गाडी दुरुपयोग गरेका  समाचार बेला बेलामा आइरहन्छन र पनि सरकारका उच्चपदस्थ ब्यक्ति नै यसरी सरकारी सम्पतिमा रजाँइ गरिरहेका छन् ।  सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।

    अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । निरीक्षक देवप्रकाश घिमिरे पास नलिई सरकारी गाडी लिएर बिभिन्न ठाउँमा पुग्दै नयाँ नयाँ टिकटक बनाउँदै हिडेका छन्।
     

    यस्तो छ देबप्रकाश घिमिरेले बनाएको  टिकटक भिडियो ।

    @devprakashghimire

     

    ♬ original sound – AsHok PaUdel OfFiCiaL

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार