Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागढुंगा चेक प्वाइन्टबाट लागूऔषधसहित एकजना पक्राउ


    आइतबार, माघ २३ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ ।

    शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा रौतहट इसनाथ नगरपालिका-९ बस्ने वर्ष २१ का सञ्जयकुमार महतो पक्राउ परेका हुन् ।

    झोलाभित्र प्रतिबन्धित लागुऔषध लुकाई छिपाई ल्याएको डाइजेपाम ६ सय एम्पुल, फेनेरग्रयान ६ सय एम्पुल र नुफिन ६ सय एम्बपुलसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार