Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमपातले दुई दिनदेखि राजमार्ग अवरुद्ध, गाडी र यात्रुहरु अलपत्र


    शनिबार, माघ २२ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

    सुदूरका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बिहीवारदेखिको बाक्लो हिमपात भएको कारण यातायात सेवा सञ्चालन हुन नसक्दा  दुई दिनदेखि ठप्प भएको छ ।डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका सह सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

    उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि यो राजमार्ग सञ्चालनमा आउने छ। भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले यातायात सञ्चालनमा आउन नसकेको प्रहरी चौकी गैराले जनाएको छ । राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा गाडी तथा यात्रुहरु अलपत्रमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार