Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ जनाको मृत्यु


    शनिबार, माघ २२ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्युठान।प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

    जीप खाेल्सामा खसेकाे थियाे ।

    घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार