Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङमा तीन फिट बाक्लो हिमपात, किसान खुसी


    शुक्रबार, माघ २१ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । मनाङमा  तीन फिट बाक्लो  हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । 

    मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।  मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । 

    लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए  । 

    हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे.क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए । 

    हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् ।  चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए ।

    269930236_1984596628391319_5579360280145827767_n.jpg267674940_292076992874519_9026337956484244333_n.jpg267268835_1094720201353526_1436567322522213062_n.jpg272862494_626128142006550_8172766882582470414_n.jpg268021024_343831650524340_992760722576539125_n.jpg267891495_4896727213724505_7784903135288064295_n.jpg264069979_923031448604745_4027791750595625829_n.jpg265178062_292605322822768_3040301792547652261_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार