Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट भिड्ने


    शुक्रबार, माघ २१ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । 

    निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए   । 

    अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई ३-१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो । 

    फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार