Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरियामाअमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु


    बिहिबार, माघ २० २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जना मारिएका छन् ।

    जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । 

    एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले  जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार