Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासः पाराग्वेका तानाशाहको शासन समाप्तदेखि अन्तरिक्षमा रुसी यान


    बिहिबार, माघ २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज सन् २०२२ को ३ फेब्रुवरी । सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

    पाराग्वेका तानाशाहको शासन समाप्त
    सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो । पूर्व सैनिक अधिकारीसमेत रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए । 

    इतिहासकै डरलाग्दो हिमआँधी
    सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो । एक सातासम्म चलेको सो आँधीका कारण चार हजार जनाको ज्यान गएको थियो । आँधीले धेरै जसो गाउँ नै पुरेको थियो ।  

    यासेर अराफत प्यालेस्टाइनको नेता
    सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए । सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए । अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन् ।

    अन्तरिक्षमा लुना
    सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो । लुना चन्द्र्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार