Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर अस्पतालमा बिहीबारदेखि नियमित सेवा


    बुधबार, माघ १९ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ।

    अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारदेखि पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।  

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो।

    उनले भने, ‘अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप घटेसँगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो।’ 

    चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो।

    कोरोना कहरपछि शल्यक्रिया नगरे पनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो। यसैगरी बहिरंग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८:३० बजेबाट ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो ।

    अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना संक्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ।

    अस्पतालमा हाल ४१ जना संक्रमित भर्ना भएर सेवा लिइरहेका छन्।

    अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। यो केन्द्रीय अस्पताल हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार