Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कन्सर्टमा देखिए किम दम्पती


    बुधबार, माघ १९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

    उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा मंगलबार प्योङयाङमा आयोजित एउटा कन्सर्टमा किम दम्पती सहभागी भएको जनाएको छ।

    कुनैबेला किमकी पत्नी जु उनीसँगै विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेकी थिइन्। गत वर्ष फेब्रुअरीदेखि भने उनी पतिसँग देखिएकी थिइनन्।

    मंगलबार कन्सर्टमा किम दम्पती पुग्दा कलाकारहरूले स्वागत धुन बजाएका थिए भने उपस्थितहरूले खुसीयाली र सम्मानमा हुटिङ गरेका थिए।

    गत महिना उत्तर कोरियाले शिलशिलावद्ध रूपमा क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो। पछिल्लो आर्थिक संकट र खाद्यान्न अभावसँग जुधिरहेको उत्तर कोरियाले कोभिड-१९ को रोकथामका लागि देशको सीमा दुई वर्षदेखि बन्द गरेको छ। आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभएको उत्तर कोरियाको दाबी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार