Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • लेखा र राजस्व समूहबाट १४ जना उपसचिवमा बढुवा सिफारिस (नामावलीसहित)


    बुधबार, माघ १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । 

    बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।

    मन्त्रालयले लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल,  रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । 

    त्यस्तै, राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार