Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनाबपूर्ण खेलमा सुजलको गोल निर्णायक, नेपालको लगातार दोस्रो जित


    मंगलबार, माघ १८ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो । 

    १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । नविन गुरुङले प्रहार गरेको कर्नर मोरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे । आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए । 

    मैत्रीपूर्ण खेलमा मौरिससबिरुद अग्रता दिलाउदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल समेत हो । यस अघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए ।  सुजनले यस अघि टिमोर लिस्टे र लाओसबिरुद्द गोल गरेका हुन् ।

    लगत्तै अर्को मिनेटमा मोरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो । नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, मोरिससका कप्तान एन्डि सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाए । 

    ३६औं मिनेटमा तेज तामाङले करिब २५ यार्डबाट गरेको प्रहार पोस्टको केहि इन्च परबाट बाहिरियो ।

    ३९औं मिनेटमा पुजनले प्रहार गरेको फ्रिकिकलाई अफ मार्क रहेका दर्शन गुरुङले गरेको हेड बारमाथिबाट बाहिरियो । 

    ५१औं मिनेटमा मोरिससका भासिस्ट क्यालकाटाले बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाए । 

    ६८औं मिनेटमा एन्डि सोफीेले गरेको सशक्त प्रहार जोगाउँदै किरणले नेपालको संकट टारे । 

    खेलको दोस्रो हाफ निकै तनावपूर्ण बन्यो । दोस्रो हाफको ७१औं मिनेटमा हात हालाहालमा उत्रिए पछि रेफ्रीले दुबै देशका एक एक खेलाडीलाई रातो कार्ड देखाए । नेपालका पुजन उपरकोटी र मोरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे ।

    यसै बेला रेफ्री नबिन्द्र महर्जनले  नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्लले समेत रातो कार्ड दर्साए ।

    ७९औं मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरे । उनले ६२औं मिनेटमा पहिलो पहेलो कार्ड बेहोरेका थिए । 

    ८९औं मिनेटमा फ्लड लाइटको लक्स घटेपछि भएपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो । दोस्रो खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे । जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार