काठमाडौं । अफ्रिकी राष्ट्र मोरिससबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले ११औं मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत अग्रता लिएको हो ।
गत शनिबार भएको पहिलो खेल जितेको नेपालले दोस्रो खेलमा पनि राम्रो सुरुवात गरेको छ ।
खेलको १३औं मिनेटमा मरिससले पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले जोगाउदै बराबरी गोल हुनबाट बचाएका छन् ।