Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता तिवारीद्वारा सर्वोच्चमा रिट


    मंगलबार, माघ १८ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको भन्दै अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले रिट निवेदन दिएका हुन ।

    रिट निवेदनमा सो निर्णय उत्प्रेषणको आदेशले बदर भागी भएकाले बदर गरी इच्छुक सबै  नेपाली नागरिक र व्यक्तिलाई सहजताका साथ खोप उपलब्ध गराउनु भन्ने परमादेश लगायत आवश्यक आदेश दिन माग गरिएको छ । 

    यस्तै निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षीलाई माघ ६ र पुस ३० गतेको निर्णय लागू नगर्नका लागि अन्तरिम आदेशको माग पनि गरिएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार