Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय वन नियमावलीको मस्यौदा खारेजकाे माग गर्दै प्रदर्शन गर्ने १४ जना पक्राउ


    मंगलबार, माघ १८ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

    संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

    सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै आज बिहान प्रदर्शन गरेको थियो ।

    प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा उनीहरूलाई नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेकाे छ ।

    नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार