Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की 


    मंगलबार, माघ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । 

    रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । 

    त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले  अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको बताए । 

    युक्रेनमाथि रसियाले हमला गर्ने योजनाबारे कुनै प्रमाण नभेटिएको उनले बताए । युक्रेनको सीमामा कथित रसियाको सैन्य अखडाबारे राष्ट्रसंघले पुष्टि नगरेको पनि उनले बताए ।आफ्नो भूभागमा रसियाले बारम्बार सुरक्षाकर्मी तैनाथ गरेको र यो अमेरिकाको चासो बाहिरको विषय भएको उनले बताए ।

    रसियाले युक्रेनसँगको सीमामा केही सातादेखि आफ्ना एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ । 

    यसअघि रसियाले सुरक्षा परिषद्को खुला सत्रलाई अबरोध गर्न प्रयासलाई भने अमेरिकालगायतका देशहरुले विफल पारिदिएका थिए । 

    रसियाले युक्रेनमा अतिक्रमण गर्दै गएमा उमाथि प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले प्रतिबद्धता जनाउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार