काठमाडौं । स्थायी समितिको मंगलबारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका शीर्षनेताले राजीनामा मागेपछि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
मंगलबारको स्थायी समिति बैठकमा १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग गरेपछि ओलीले मन्त्रीहरुलाई छलफलका लागि बोलाएका हुन् । मन्त्रीहरुलाई बुधबार बिहान ८ बजे बालुवाटार बोलाइएको छ ।
प्रधानमन्त्रीले बालुवाटार बोलाएको कुरा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नै सार्वजनिक गरेका छन् । साढे दुई वर्षदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको, सबै कामको जस आफूले मात्र लिन खोजेको आरोप स्थायी समिति बैठकमा बोल्ने नेताहरुले लगाएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend