Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङ-पर्वत जोड्ने पुलको नामकरण गर्ने व्यक्ति पुरस्कृत


    सोमबार, माघ १७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ । बागलुङको बागलुङ नगरपालिकाले पुलको नामकरण गर्ने व्यक्तिलाई पुरस्कार दिएको छ।  

    बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट अर्को टापु जोड्ने) पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको हो। 

    नगरपालिकाले पुलको नामकरण गरेका बागलुङ नगरपालिका-५ मालिकाका घनश्याम सापकोटालाई २५ हजार रुपैयाँले पुरस्कृत गरेको हो। 

    सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए।

    आइतबार सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको सहिद पार्कको मध्य भागबाट पर्वत जोड्ने गरी कालिगण्डकी खोंचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे।

    नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना जारी गरेको थियो।

    उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो। सापकोटाले नाम मात्रै राखेका थिएनन्। उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए। 

    पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भएकाले नामकरण गरिएको हो।

    बागलुङमा झन्डै पाँच सय बढी झोलुङ्गे पुल छन्। तीमध्ये यो पहिलो नामकरण भएको पुल हो । अन्य पुल सोही ठाउँ वा खोलाको नामले चिनिन्छ ।  

    सहिद पार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका सहिदको शालिकमा माल्यार्पण गरिएको थियो। 

    सहिदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहिदको बलिदानले नै अहिलेको व्यवस्था आएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार