Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिग बोस सिजन १५ को उपाधि तेजस्वी प्रकाशलाई, प्रतिक सहजपाल बने फर्स्ट रनर अप


    सोमबार, माघ १७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। चर्चित भारतीय टिभि रियालिटी शो बिग बोस सिजन १५ को उपाधि अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छिन् । 

    यस्तै, उक्त शोमा प्रतिक सहजपाल उपविजेता बनेका छन् । शोका एन्कर सलमान खानले विजेताको नाम घोषणा गरेका थिए । तेजस्वीले विजेता ट्रफीसँगै ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

    बिग बोस सिजन १५ को फाइनलमा तेजस्वी प्रकाश, प्रतीक सहजपालसँगै करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। 

    करण कुन्द्रा तेस्रो नम्बरमा थिए । हरेक पटक जस्तै यसपटक पनि उत्कृष्ट ५ प्रतियोगीले पुरस्कार राशि लिएर बाहिरिने विकल्प पाएका थिए । निशान्त भट्टले पनि सोही विकल्प रोजेका थिए।

    यस सिजनमा तेजस्वी प्रकाश करण कुन्द्रासँगको सम्बन्धका कारण चर्चामा थिइन् । तेजस्वी र शमिता शेट्टी बीचको विवादलाई शमिता शेट्टी र करण कुन्द्रासँगको विवादलाई पनि शोमा कभर गरिएको थियो।

    कलर्स टिभी च्यानलमा देखाइने बिग बोसको यो सिजन अघि, Voot एपमा बिग बोस ओटीटी रियालिटी शो पनि देखाइएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार