Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध विदेशी मुद्रासहित दुबई उड्न लागेका पाकिस्तानी नागरिक त्रिभुवन विमानस्थलमै समातिए


    आइतबार, माघ १६ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।

    शुक्रबार साँझ फ्लाइ दुबईको उडानमार्फत काठमाडौंबाट दुबई जान लागेका ३४ वर्षीय पाकिस्तानी नागरिक हाफिज अत्तिक-उर-रहमान पक्राउ परेका हुन् ।

    त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार शुक्रबार साँझ ५ बजेतिर अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको हो।

    प्रहरीले उनको साथबाट साउदी रियाल ४७ हजार १५०, यूएई दिराम ४००, ओमानी रियाल ५.५, तथा भारतीय रुपैयाँ १०० बरामद गरेको छ।

    विदेशी मुद्रासहित पक्राउ परेका उनलाई आइतबार राजस्व अनुसन्धान विभाग पुल्चोक बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार