Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुग्यो


    आइतबार, माघ १६ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । कोरोनाको तेस्रो लहरमा कोरोना संक्रमणका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।

    बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोरोना पोजेटिभ आएको थियो । सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

    रुपनी गाउँपालिका वडा-१ की ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका-७ का एक पुरुष र रुपनी गाउँपालिका-१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार