Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट ल्याएर डेढ करोडको नक्कली मदिरा बिक्री, ४ जना पक्राउ


    आइतबार, माघ १६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । करोडौं राजश्व छली गर्दै भारतबाट नक्कली मदिरा आयात गर्ने ठूलो गिरोहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

    महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा पर्सा गादी-८ घर भइ काठमाडौँ कपन बस्ने ३९ बर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौं कागेश्वरी-६ का ३० बर्षीय शैलेन्द्र पन्त, पर्सा सुवर्णपुर-५ घर भइ काठमाडौँ हाँडीगाउँ बस्ने २८ बर्षिय रवीन पाख्रिन र सर्लाही वरहथवा-०९ घर भइ चाबहिल बस्ने ३८ बर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

    काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट रेड लेबल, चिभास र अस्सुलुट भोड्का गरि एक करोड ५० लाख रुपैयाँ बराबर बजार मूल्य रहेकाे २९६ कार्टुन मदिरा बरामद गरिएको महाशाखाले जानकारी दिएकाे छ ।

    भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ । 

    महाशाखाले बरामद गरिएको मदिराको गुणस्तर परीक्षणका लागि पठाएको र  चारै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार