काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।
शहीद दिवसको अवसरमा प्रधानमन्त्री काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री,राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।