Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बस र मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, १३ जना घाइते


    आइतबार, माघ १६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगलमा रात्रि बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    बरियारपट्टी सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ७५३ नं.को बसले विपरीत दिशातर्फमा रहेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो र बस सडक किनारमा पल्टिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे  ।

    बसको ठक्करबाट मोटरसाइकल चालक घारीबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । गढिमाई अस्पतालमा लालबन्दीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगञ्ज पठाइएको छ ।

    मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिंदा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये एकजनालाई थप उपचारको लागि सिराहा पठाइएको छ । ७ जना लालबन्दी मोडेल अस्पतालमा उपचारपछि घर फर्किएका छन् । चार जनाको भने सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार