काठमाडौं । सत्तारुढ पाँच दल जेठ मसान्तभित्र स्थानीय चुनाव गर्न सत्तारुढ दल सहमत भएका छन् । आगामी २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीको दबाबमा सरकारले निर्वाचन सार्न खोजेको आरोप प्रमुख प्रतिपक्षी दल एमालेले लगाउँदैआएको छ । तर सत्तारुढ पाँच दलको गठबन्धनको आज बसेको बैठकले २०७९ जेठ मसान्तभित्र निर्वाचन गर्ने निर्णय गरेको छ ।
शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठ मसान्तभित्र निर्वाचन गर्न सुझाव दिएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
सत्तारुढ गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ ।