Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाउँपालिकाको सुरक्षा भत्ता चोरी प्रकरण: अख्तियारद्वारा वडा सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर


    शुक्रबार, माघ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको सुरक्षा भत्ता चोरी  प्रकरणमा  वडा सचिवसहित तीन जनाविरुद्ध  मुद्दा दायर गरेको छ । आयोगले सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँभन्दा बढी चोरी प्रकरणमा वडासदस्यसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सचिव सरिता राउत समेत ३ जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

    आयोगले वडासचिव रावतसहित करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार २४ चैत २०७७ मा हिमालयन बैंकको त्रिशुली शाखाबाट झिकेको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको ५३ लाख रकम हराएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार