Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, जोरविजोर प्रणाली हटाउने तयारी


    शुक्रबार, माघ १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज बस्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पछिल्लो समय कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै  सवारी साधनमा लगाइएको जोरबिजोर प्रणालीबारे सर्वत्र आलोचना भएपछि आज यसबारे थप निर्णय लिन लागिएको हो।

    यसअघि गत माघ ८ गतेदेखि तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर सवारी साधनमा जोरबिजोर लागू गरेका थिए । यद्यपि पछिल्लो समय जोरबिजोर प्रणालीले झन् भीडभाड बढाएको भन्दै गुनासो आउन थालेको छ ।

    स्वास्थ्य विज्ञहरुका अनुसार पनि संक्रमण रोकथामका लागि लागू गरिएको जोरबिजोर प्रणाली त्यति प्रभावकारी भएको देखिँदैन । पछिल्लो समय उपत्यकामा मात्रै दिनहुँ हजारौं संक्रमितहरु थपिँदै गएका छन् भने अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको बताइन्छ। 

    बिहिबारको रिपोर्ट अनुसार नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टि भएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार