Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८० वर्षीय बुबाको हत्या आरोपमा छोरा पक्राउ


    बिहिबार, माघ १३ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ ।

    बुधबार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

    आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा बुबा दलबहादुरलाई कुटपिट गरेका थिए ।

    छोराको कुटपिटबाट दलबहादुरको मृत्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार