Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण, खुसी भए आलु किसान


    बिहिबार, माघ १३ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर।उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किासनले खेतबारीको माटोको परीक्षण गर्न पाएका हुन् । 

    गाउँपालिकाले प्रदेश १ को माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राबिधिक सहयोगमा माटो परीक्षण शिविर सम्पन्न गरिसकेकाे छ ।

    उदयपुरगढी गाउँपालिका-४ ढुग्रेका ६४ किसानको माटो परीक्षण गरिएकाे हाे । परीक्षणबाट त्यस क्षेत्रमा आलु खेतीका लागि उपयुक्त रहेको पाइएपछि किसान खुसी भएका छन् ।

    चिसो मौसम, मलिलो माटो भएको त्यस क्षेत्रमा आलु खेती गर्न सकिने भएकाले ढुग्रेका कृषक समूहको माग अनुसार पालिका कृषि विकास शाखाले गाउँमै प्रयोगशाला ल्याएको कृषक समूहका अध्यक्ष अर्जुन आले मगरले बताए  । मगर भन्छन्, ‘अधिकांश स्थानको माटो आलु रोप्न लागि माटोको गुणस्तर ठिक रहेको केही स्थानमा चुन हाल्न सुझाव आएकाले कृषि प्राविधिकको सुझाव अनुसार काम गर्नेछौँ ।’ न्युज कारखाना

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार