Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण एसियामै धेरै प्रतिशत कोरोनाबिरुद्धको खोप लगाउने सूचीमा नेपाल


    बिहिबार, माघ १३ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल दक्षिण एसियामै धेरै प्रतिशत कोरोाबिरुद्धको  खोप लगाउने देशको सूचीमा परेको छ ।  नेपालमा अहिलेसम्म  ७१ प्रतिशतले पहिलो मात्रा र ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको सरकारको तथ्याङक छ ।
    हालसम्म प्रदेश १ मा १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा र ५३ प्रतिशतले पूर्ण मात्रा, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।

    लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा, कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले पूर्ण मात्रा तथा सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा र ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको तथ्याङक छ ।

    सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । अहिलेसम्म दुई लाख २३ हजार ९ सय ४४ जनाले बुस्टर डोज खोप लगाइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार