Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धिदेखि भियतानम युद्ध अन्त्य


    बिहिबार, माघ १३ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

     
    आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि

    सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले  अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो ।

    तीन अन्तरिक्ष यात्रीको मृत्यु

    सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो । उनीहरुलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो । सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो ।

    रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र

    सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो । पोल्यान्डको अस्चिविजनजिक क्याम खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो ।

    भियतानम युद्ध अन्त्य

    सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतानम युद्ध घोषण भएको अन्त गरेको थियो । भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार