Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाँस काट्ने क्रममा लडेर महिलाको ज्यान गयो


    बुधबार, माघ १२ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर। उदयपुरको ताप्ली गाउँपालिकाकी एक महिलाको घाँस काट्ने क्रममा लडेर ज्यान गएको छ । घरछेउकै जंगलमा घाँस काट्न गएकी ताप्ली गाउँपालिका-३ का रत्नबहादुर तामाङकी श्रीमती ५० वर्षीया लक्ष्मीमाया तामाङको लडेर ज्यान गएको हो ।

    बाख्रालाई घाँस काट्न भनेर गएकी तामाङ घरनजिकै भीरमा घाँस काट्दा काट्दै अचानक लड्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

    लडेर खोल्सामा पुगेकी उनको शव आफन्तले फेला पारी घरमा ल्याई राखेको खबर पाउन साथ प्रहरी चौकी रामपुर झिल्केबाट टोली खटेर घट्नाास्थल पुगेको थियो भने घटनाका बारेमा विस्तृत अध्ययन गर्न जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक नेतृत्वमा र इलाका प्रहरी कार्यालय कटारीबाट समेत छुट्टै टोली घटनास्थल गएका छन् । घटनास्थल सदरमुकामबाट २७ कोष टाढा पर्छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार