Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीरबाट लडेर गोठालाको मृत्यु


    बुधबार, माघ १२ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-४ मा भीरबाट लडेर एक जना भेडा गोठालाको मृत्यु भएको छ । भीरबाट लडे भोटखोला गाउँपालिका-५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । 

    भेडा चराउन गएका राईको मकालु-४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मंगलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार मकालु-४ पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको थिए । 

    मृतक राई केही महिना यता मकालु –४ बैदेका गंगा बहादुर गुरुङको भेडी गोठमा काम गर्दे आएका थिए । घटनाको खबर पाउन साथ  इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ९ घण्टाको पैदल दुरीमा पर्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार