Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिपुलेकमा सडकविस्तार मोदीको सैन्य अहंकारको उपज भएको ग्रेटर नेपालको आरोप


    बुधबार, माघ १२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । इन्डियाको ७३ औँ गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली जनताप्रति बधाई ज्ञापन गर्दै इन्डियाले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन इन्डियाली जनतालाई अनुरोधसमेत गरेको छ ।

    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पछिल्लोपटक इन्डियाली प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा इन्डियाले सडक विस्तार गरिरहेको भनेर नेपालको भौगोलिक अखण्डतामा प्रहार गरेको विषयलाई सम्पूर्ण नेपालीले अत्यन्तै आपत्तिजनक ठानेको बताउँदै मोदीको यो अभिव्यक्ति गैरजिम्मेवारपनको पराकाष्ठा , साना राष्ट्रमाथि ठूला राष्ट्रको बलमिचाइ र सैनिक आतङ्क हो भन्ने आरोप समेत लगाएको छ ।

    इन्डियाको ७३ औँ गणतन्त्र दिवसका अवसरमा जारी प्रेसविज्ञप्तिमा इन्डियाली जनताप्रति बधाई ज्ञापन गरेको भए पनि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली सरकारको भने कडा आलोचना गरेको छ ।

    मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, `एकातिर सैनिक दम्भका साथ ग्रेटर नेपालको ६०००० वर्ग किलोमिटरभन्दा बढी जमिन कब्जामा राख्नु र अर्कोतिर महाकाली नदीपूर्वको लिम्पियाधुरा , कालापानी र लिपुलेकलगायतका क्षेत्र सैनिक आडमै राजनीतिक नक्सामा राखेर अतिक्रमण गर्नु इन्डियाको सैन्य अहङ्कारसिबाय अरू केही होइन ।

    ´ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाले नेपालमाथि गरेको सबैभन्दा निन्दनीय व्यवहार नेपाली भूमिमा उसले आफ्नो गणतन्त्र दिवस मनाउनु हो भनेको छ । मोर्चाले अगाडि भनेको छ, `इन्डियाका लागि यो कुरा सामान्य लागिरहेको हुनसक्छ तर बाँकी विश्वका लागि यो निकै दुःखदायी घटना हो ।´ आफ्नो विज्ञप्तिमा विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएकोमा घमण्ड गर्ने इन्डियाले अर्काको भूमि कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्रकै खिल्ली उडाउनु हो भन्दै मोर्चाले इन्डियाको यस्तो व्यवहारबाट नेपाली जनताको मनमा ठूलो चोट पुगेको तर्फ इन्डियाली सरकारको तत्काल ध्यान जाओस् भन्ने आग्रहसमेत गरेको छ ।

    272340553_659503665292451_6976529343287699205_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार